Feedback
सम्पूर्ण चिन्ता र सम्पूर्ण चेष्टा (प्रयास) छोडेर नादलाई नै अनुसन्धान (श्रवण) गर्नु पर्छ जसले योगमा साम्राज्य अर्थात् अधिकार प्राप्त गर्न चाहन्छ । यसै नाद साधनाको परम्परा लुप्त भएको अवस्थामा पुन: जागृत गर्नको लागि यस संस्थाको अग्रिम भूमिका हुनेछ ।
यस नाद साधनाको धारा प्रवाह सम्पूर्ण प्राणीमा भए पनि मनुष्य मात्रले अनुभव गर्न सक्दछ । तसर्थ यो साधनाको विषयमा विशेष जानकारी प्राप्त गर्नको लागि विशेषज्ञ सद्गुरुको आवश्यक छ ।
Copyright 2012. All rights reserved.